
काठमाडौं । बलिउड अभिनेता सोनू सूद बाढीपीडित नेपालीको सहयोगका लागि राहत सामग्रीसहित काठमाडौं आइपुगेका छन्।
गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री लिएर अभिनेता सूद मंगलबार काठमाडौं आएका हुन्।
नेपालमा बाढीबाट ठूलो जनधनको क्षति भएपछि सूदले सामाजिक सञ्जालमार्फत नेपाली नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाएका थिए। त्यसबेला उनले प्रभावित नेपालीलाई आफूहरूले साथ दिने बताएका थिए।
बाढीपछि सामाजिक सञ्जालमा उनले नेपाललाई सम्बोधन गर्दै सहयोगका लागि नेपाल आउने घोषणा गरेका थिए। उनले खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक सहयोग लिएर आउने बताएका थिए।
‘नेपाल, तिमी एक्लो छैनौँ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौं,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए।
नेपाल आएपछि सूदले बाढीबाट प्रभावित नागरिकलाई राहत वितरण तथा सहयोग गर्ने कार्यक्रम रहेको जनाइएको छ। प्राकृतिक विपद्का कारण प्रभावित नेपालीका लागि व्यक्तिगत रूपमा सहयोग जुटाउँदै उनी नेपाल आएका हुन्।








Facebook Comments