
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीचको प्रदेश सरकारमा समीकरण गर्ने सहमति भएपछि नेपाली कांग्रेसले आज सातै प्रदेशका नेताहरुसँग छलफल गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय, सानेपामा कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेलसहितका केन्द्रीय नेताहरूले प्रदेशमा पार्टीको आगामी भूमिका, सत्ता समीकरण र सम्भावित राजनीतिक रणनीतिबारे छलफल गरेका हुन्।
छलफलमा कांग्रेसबाट मुख्यमन्त्री रहेका सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह र गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डेसहित सातै प्रदेशका सभापति तथा प्रदेश संसदीय दलका नेताहरू सहभागी थिए।
बैठकमा प्रदेश सरकारको वर्तमान अवस्था लगायतका विषयमा छलफल भएको छलफलमा सहभागी नेताहरुले बताएका छन् ।










Facebook Comments