
काठमाडौं । मलेसिया श्रमिक ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन मुख्यसचिव एकनारायण अर्यालको बुढानीलकण्ठस्थित हेपाली हाइटको घरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) छापा मारेर छ ।
प्रहरीले अर्यालको घरबाट ३ वटा ल्यापटप समेत बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेस गर्ने तयारी गरेको छ।
अर्याललाई हिजो मंसिर १० गते मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो। अर्याल तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरका पालामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव थिए।
कुँवरले मलेसिया जाने श्रमिकबाट संकलित रकम विदेश पठाउने सम्बन्धी निर्णय गर्दा अर्याल मन्त्रालयको सचिव रहेका थिए ।
अर्याल २०८२ मंसिर ९ गते मुख्यसचिवबाट अनिवार्य अवकाश पाएका थिए ।








Facebook Comments