
काठमाडौं । आफूलाई गैह्रकानुन रुपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दावी गर्दै पुनर्वहालीको माग गरी निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिट सर्वोच्च अदालतले आज दर्ता गर्दै यही कात्तिक ३० गतेका लागि पेशी तोकेको छ ।
उक्त रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । कार्कीले आफ्ना कानुन व्यवसायीहरुमार्फत बिहीबार नै रिट पेस गरे पनि अध्ययनका क्रममा रहेकाले बिहीबार निवेदन दर्ता हुन सकेको थिएन ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो ।









Facebook Comments