काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) मा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा हिजो पेस गरेको रिट निवेदन आज दर्ता भएको छ  ।

रिट दर्ता भए पनि सुनुवाइका लागि पेसी तय भएको छैन ।  आफूलाई सुनुवाइको मौका नदिई बिना आधार र कारण गैरकानुनी रुपमा आईजीपीबाट हटाएको कार्कीको जिकीर छ । 

ad

मन्त्रिपरिषद्को कात्तिक १८ गते कार्कीलाई आईजीपीबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार  मनोजकुमार केसीले बुधबारबाट आईजीपीको जिम्मेवारी सम्हालिसकेका छन् ।