
काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७, भामचौर नजिकै डाँडाइजर सुडेधार खोलामा आज बिहान करिब १० बजेतिर जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७, काँडाचौरका गोपाल धामी र पवित्रा धामी रहेका छन् ।
से ००१ च ४३७६ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। काँडाचौरका स्थानीयलाई बोकेर बाग्थलातर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको थियो ।









Facebook Comments