काठमाडौं । सुदूरपश्चिम प्रदेशका एमाले सांसद वीरबहादुर थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष पदबाट राजीनामा दिएका छन्। पूर्व भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीसमेत रहेका थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका हुन्। 


थापा कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा निर्वाचित सांसद हुन्। सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षका लागि ल्याएको ३७ अर्ब ७० करोड बराबरको बजेट मंगलबार पारित भएको थियो । 

ad