काठमाडौं । नेपाल प्रहरीका सातै प्रदेशका प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई  आज प्रहरी प्रधान कार्यालय नक्सालमा बोलाइएको छ।

प्रधान कार्यालय स्रोतका अनुसार सातै जना प्रदेश प्रहरी प्रमुखलाई काठमाडौंमा साढे १२ बजेभित्र आइपुग्न निर्देशन दिइएको हो। 

ad


यसैगरी प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अध्यक्षतामा आजै दिउँसो २ बजे पीसीसी बैठक बस्दैछ । प्रहरी संगठनको महत्वपूर्ण निर्णय प्रक्रियामा भूमिका खेल्ने यस बैठकमा देशभरको शान्ति सुरक्षाको अवस्था, संगठनको आन्तरिक व्यवस्थापन र समसामयिक विषयमा छलफल हुने बताइएको छ।

नेपाल प्रहरीको नीतिगत निर्णय गर्ने महत्वपूर्ण निर्णय लिन पिसिसी बैठक बस्ने गरिन्छ।