
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म देश र जनताका प्रमुख सरोकार तथा मागहरू सङ्कलन गरी प्राथमिकीकरणसहित सम्बोधनका लागि पहल गर्ने उद्देश्यले २ महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकको निर्णयअनुसार नेकपाले देशव्यापी जागरण अभियान चलाउन लागेको हो।
अभियानको पहिलो चरणमा प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्रीहरू तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी वा आधिकारिक निकायसमक्ष जनसरोकारका विषय समेटिएका मागपत्र र ज्ञापनपत्र बुझाइने पार्टीद्वारा जारी सर्कुलरमा उल्लेख छ।
अभियानका क्रममा तल्लो तहसम्म पुगेर नागरिकका समस्या र मागहरू सङ्कलन गरिने र तिनलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी सम्बन्धित तहबाटै समाधान र आवश्यक कार्यक्रम सञ्चालनका लागि दबाब दिइने नेकपाले जनाएको छ।









Facebook Comments