काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटन भ्रमणका लागि आज भारततर्फ प्रस्थान गरेका छन् । उनी पत्नी निकिता र मन्त्री प्रतिभा रावलसहित भारततर्फ प्रस्थान गरेका हुन् ।


आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका रविसहितको टोली त्यहाँबाट भारत प्रस्थान गरेका थिए ।
भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

ad

धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफ्नो भारत भ्रमण व्यक्तिगत भएकाले  कसैलाई ‘खिचडी नपकाउन आग्रह समेत गरेका छन् । आफू कारागार हुँदा नै उत्तराखण्डको नैनीतालस्थित कैचीँधाम जाने भाकल गरेकोले सोही पूरा गर्न जान लागेको उनले स्पष्ट पारे ।