
काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नख्खुस्थित उनकै घरमै पुगेर नियन्त्रणमा लिएको हो।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा कमेडियन हिमेश पन्तले जनआस्थाले आफ्नो चरित्र हत्या हुनेगरी समाचार लेखेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए।
अश्लील गालीगलौज गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गरेको भन्दै जनआस्थाले पनि हिमेशविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ। साइबर ब्यूरोले पन्तलाई पनि छलफलका लागि बोलाएको छ ।
सोही आधारमा प्रहरीले पत्रकार श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगेको हो।









Facebook Comments