काठमाडौं । २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित निकालेको छ।

आज जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

ad

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो ।
अफगानिस्तानले दिएको रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। जितसँगै नेपालले समूहमा महत्वपूर्ण दुई अंक जोडेको छ।

नेपालले पछिल्लोपटक सन् २०१४ को टी–२० विश्वकपमा अफगानिस्तानलाई पराजित गरेको थियो।