काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबिच आज दिउँसो भेटघाट भएको छ। भेटका क्रममा दुई नेताबिच पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा विस्तृत कुराकानी भएको छ। 


कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेकोमा जोड दिएका थिए । 

ad

सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको र यसका लागि आफु जुनसुकै त्याग गर्न पनि तयार रहेको बताए । साथै उनीहरूबिच रसुवाको भोटेकोशी बाढी र त्यसपछि रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको थियो ।