
काठमाडौँ । नेपालमा भदौ १० गते भोटेकोशी खोलामा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि नेपाली जनसम्पर्क समिति (एनपीसीसीए) अस्ट्रेलियाले ८ लाख १७ हजार ५ सय ९२ रुपैयाँ सहयोग संकलन गरी नेपाली कांग्रेसको विपद् व्यवस्थापन कोषमा जम्मा गरेको छ।
अस्ट्रेलियाका विभिन्न राज्यहरूमा रहेका संगठनका साथीहरूबाट संकलन गरिएको उक्त रकम पार्टीको विपद् व्यवस्थापन कोषको खातामा पठाइएको समितिले जनाएको छ।
नेपाली कांग्रेसले सरकारको विपद् व्यवस्थापन कोषमा रु. १ करोड सहयोग गर्ने निर्णय गरेबमोजिम विदेशस्थित जनसम्पर्क समितिहरूलाई सहयोग संकलनका लागि परिपत्र गरेको थियो।
सोहीअनुसार अस्ट्रेलियाको एनएसडब्ल्यू (सिड्नी) बाट रु. ६ लाख, साउथ अस्ट्रेलिया (एडिलेड) बाट रु. ८१,०७५, एसीटी (क्यान्बेरा) बाट रु. ८२,४६७ र वेस्टर्न अस्ट्रेलिया (पर्थ) बाट रु. ५४,०५० संकलन भएको हो।
समितिका सभापति सुरेश रनसिंह गुरुङ, महामन्त्री रोहित खड्का र कार्यक्रम संयोजक सितल गिरीले सेप्टेम्बर ४ मा नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापालाईलाई पत्र लेख्दै प्राकृतिक विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीको सहयोगका लागि योगदान पुर्याउने सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेका छन्।










Facebook Comments