काठमाडौं । झन्डै तीन दशकअघि शुरु भएको यस एनआईसी एशिया बैंक लिमिटेडले साउन ५ गते सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै २९औं वार्षिकोत्सव मनाएको छ ।

यस लामो यात्रामा बैंकप्रति अनवरत रुपमा अगाध स्नेह एवं विश्वास गर्ने समस्त ग्राहक, नियामक निकाय, सेयरधनी, कर्मचारी, व्यवसायीक साझेदार, सम्पूर्ण सरोकारवाला तथा शुभचिन्तकहरुप्रति बैंकले धन्यवाद व्यक्त गरेको छ ।

ad

मुलुकको आर्थिक समृद्धि तथा सामाजिक विकासको क्षेत्रमा एक अग्रणी बैंकको रुपमा वित्तीय सेवा प्रवाह गरी बैंकले जेजति योगदान गर्न सकेको छ यसको सम्पूर्ण श्रेय बैंकले ग्राहकहरुलाई दिएको छ ।

यो विश्वासलाई कायम राख्दै आगामी दिनहरुमा अझ विश्वसनीय, प्रविधिमैत्री, ग्राहकमैत्री र उत्कृष्ट वित्तीय सेवा सहितको अझ धेरै सुदृढ बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै जाने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

२९औं वार्षिकोत्सवलाई स्मरणीय बनाउँदै उल्लासका साथ मनाउन बैंकले सप्ताहव्यापी रुपमा मुलुकभर विभिन्न कार्यक्रम तथा सामाजिक कार्यहरु सञ्चालन गरिरहेको छ ।

यसै अवसरमा साउन ४ गते श्रावण महिनाको पहिलो सोमबार पारेर पशुपति मन्दिर दर्शन गर्ने भक्तजनहरुको लागि खानेपानी वितरण कार्य सम्पन्न गरेको छ । त्यसैगरी, बैंकले नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा साउन ५ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा १०१ जना कर्मचारी तथा ग्राहक महानुभावहरुले रक्तदान गरी मानवीय सेवामा योगदान पु¥याउनु भएको बैंकले जनाएको छ ।

त्यसैगरी, उक्त दिन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न स्थानमा १३ वटा विद्यालय र एक आश्रममा सहयोग उपलब्ध गराएको छ ।

बैंकले कोशी प्रदेशमा ४, बागमती प्रदेशमा ४ र अन्य प्रदेशमा एकएक विद्यालयमा कम्प्युटर, फर्निचर, स्मार्ट बोर्ड, भवनको छाना ट्रस निर्माण, प्रोजेक्टर, वाटर प्युरिफायर, प्रिन्टर, झोला र शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ ।

त्यसैगरी, बैंकले सातै प्रदेशका सांस्कृतिक सम्पदाहरु, मन्दिर, विद्यालय तथा अन्य सार्वजनिक स्थलहरुको संरक्षण तथा प्रवद्र्धन गर्न सहयोग पु¥याउने उद्देश्यले सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेको छ ।