काठमाडौं । व्यवसायी शंकर अग्रवाललाई कर्जा दुरुपयोगसम्बन्धी मुद्दामा प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अग्रवाललाई पक्राउ गरेको हो। ब्युरोका एसएसपी अनुपम शम्शेर राणाका अनुसार उनीविरुद्ध दर्ता भएको कर्जा दुरुपयोगसम्बन्धी मुद्दाको प्रक्रियाअनुसार पक्राउ गरिएको हो।

ad

प्रहरीले उक्त मुद्दा उच्च अदालत पाटनमा यसअघि नै दायर गरिसकेको जनाएको छ। सोही प्रकरणमा अग्रवालका छोरा सुलभ अग्रवाल र दीपक भट्टसमेत प्रतिवादी रहेका छन्।

पक्राउपछि अग्रवाललाई बुधबार नै अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। मुद्दाको थप कानुनी प्रक्रिया अदालतमार्फत अघि बढ्नेछ।