
काठमाडौँ । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि दानमा दिएको जग्गा विरुद्ध दायर भएको रिट आज सोमबार पनि पेसी तोकिएको छ। यसअघि पटक पटक पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको मुद्दा सोमबार गोलाद्वारा दुई न्यायाधीशको इजलासमा पेसी तोकिएको हो ।
आज उक्त मुद्दा न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको छ । कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि पटक–पटक सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन ।
अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए ।









Facebook Comments