
काठमाडौं । होटल संघ नेपाल (हान) ले पर्यटन व्यवसायी तथा भक्तपुरको सूर्यविनायक नगरपालिका, रानीकोटस्थित भिलेज हाईल्याण्ड रिसोर्टका प्रबन्ध निर्देशक राम सुन्दर बकेलाई बागमती प्रदेश तदर्थ समितिको अध्यक्ष पदमा मनोनयन गरेको छ । संघको कार्यसमिति बैठकले बकेलाई बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा मनोनयन गरेको हो ।
बकेलाई संघका अध्यक्ष विनायक शाहले मनोनयन पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । संघले प्रदेशअन्तर्गत रहेका जिल्लाका प्रतिनिधिहरूसँग आवश्यक समन्वय गरी पदाधिकारी तथा सदस्यहरूको नामावली यथाशीघ्र होटल संघ नेपालको सचिवालयमा उपलब्ध गराउन पनि अनुरोध गरेको छ।
मनोनयन पत्रमा बागमती प्रदेशमा होटल तथा पर्यटन क्षेत्रको विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा संघको संगठनात्मक सुदृढीकरणमा अध्यक्ष बकेको सक्रिय नेतृत्व र महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको उल्लेख छ।










Facebook Comments