काठमाडौं । बझाङ जिल्लाको बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा आज बिहान साँढे १० बजेतिर अटो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

टुमेडा गाउँबाट वडा नं. ११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भई सडकबाट अन्दाजी ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।

ad

मृत्यु हुनेमा बुङ्गल नगरपालिका १० बस्ने राजमति महरा,तारा महरा र डल्ली महरा रहेका छन्।  अटोमा चालकसहित ४र५ जना सवार रहेको बुझिएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमाण्डमा चारजनाको टोली खटिई घटनास्थल पुगेर खोज तथा उद्धार कार्यमा जुटेको थियो ।