
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व सम्मेलनमा सहभागी हुन आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड अखिल रुसी राजनीतिक दलले आयोजना गर्ने विश्व सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ । सम्मेलन यही नोभेम्बर १४ देखि १७ तारिखसम्म मस्कोमा आयोजना गरिँदै छ ।
संयोजक प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि सम्मेलनमा सहभागी हुने छन् ।









Facebook Comments