काठमाडौँ । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्याह्न १२ बजे हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्स प्रतिस्पर्धामा उत्रनेछन्।

लुम्बिनी जितको लय कायम राख्दै शीर्ष स्थान सुरक्षित गर्न चाहन्छ भने जनकपुर पछिल्लो हारको निराशा बिर्सेर पुनरागमन गर्ने योजनामा छ।

ad

साँझ ५ हुने दोस्रो खेलमा काठमाडौं गोर्खाजले विराटनगर किङ्ग्सको सामना गर्नेछ। 

काठमाडौं र विराटनगर पनि जित हासिल गर्दै आफ्नो दाबेदारी बलियो बनाउने लक्ष्यमा हुनेछन्।