
काठमाडौं । लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल संघ ९एन्फा० को आजदेखि खुलेको छ । एन्फाका बहुमत सदस्यहरूले आज एन्फाको ताला खोलेका छन् ।
एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यहरूले सातदोवाटोस्थीत एन्फाको ताला खोलेका हुन् । साथै उनीहरूले आगामी कार्तिक १३ गते एन्फा कार्यसमितिको बैठक बस्ने समेत जनाएका छन् ।
एन्फाको विधान अनुसार २१ दिनअघि एकतिहाइ बढी सदस्यहरूले एन्फा कार्यसमितिको बैठक आह्वान गर्न माग गर्दा पनि बैठक आह्वान नभएपछि २२ औं दिनमा एन्फा कार्यालयको ताला खोल्दै बैठक बस्ने विषयमा छलफल भएको हो ।







Facebook Comments