भोजपुर । सप्तकोशी नदीमा यात्रुवाहक बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। दुर्घटनामा घाइते भएका एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार आइतबार दिउँसो करिब १ः३० बजे भोजपुरको कोप्चेबाट १४ जना यात्रु लिएर सुनसरीको वराहक्षेत्रतर्फ जाँदै गरेको बोट सप्तकोशीमा दुर्घटनामा परेको हो।

ad

प्रहरीका अनुसार बोटको इन्जिन अचानक बन्द भएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनाको मृत्यु भएको र एक जनाको उपचार भइरहेको जनाइएको छ।

दुर्घटनापछि एक जना यात्रु बेपत्ता भएका छन्। उनको खोजी तथा उद्धारका सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।