
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउमा उच्च गिरावट आएको छ।
सुनको भाउ आज तोलामा ११ हजार ७ सय रुपैयाँ घटेर २ लाख ७८ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि यही कात्तिक २ गते सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर २ लाख ९० हजार २ सय रुपैयाँ कायम भएको थियो।
सोमबारयता आजै सुनको नयाँ मूल्य सार्वजनिक भएको हो। यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको भाउ पनि प्रतितोला २३० रुपैयाँ घटेर तोलाको ३ हजार ९ सय ५५ रुपैयाँमा झरेको छ।








Facebook Comments