काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबारे गरिएको सरकारी अध्ययनले यसको मुख्य कारण भारी वर्षा नभएको निष्कर्ष निकालेको छ। अध्ययनअनुसार चीनतर्फको माथिल्लो हिमक्षेत्रमा हिमनदीको ठूलो हिस्सा भत्किएर हिम–चट्टान पहिरो जाँदा पानी, हिउँ, चट्टान र गेग्रान मिसिएर तीव्र गतिमा बाढी आएको हो।

जल तथा ऊर्जा आयोग सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले तयार पारेको दोस्रो मूल्यांकन प्रतिवेदनले बाढीको सुरुवात नेपाल–चीन सीमाबाट करिब २२ किलोमिटर माथि लेन्दे खोला क्षेत्रमा भएको देखाएको छ।

ad

उपग्रहबाट प्राप्त तस्बिरको अध्ययन गर्दा करिब ५ हजार २०० मिटर उचाइमा रहेको झुन्डिएको हिमनदीको ठूलो भाग अचानक भत्किएको पाइएको प्रतिवेदनमा उल्लेख छ। हिमनदीसँगै आसपासको चट्टानी भूभागसमेत खसेपछि ठूलो परिमाणमा पानी, हिउँ, चट्टान र गेग्रान लेन्दे खोलातर्फ बगेको थियो। यही बहाव भोटेकोशी नदीमा मिसिएपछि बाढीले थप भयावह रूप लिएको अध्ययनले देखाएको छ।

सात मिनेटमै २२ किलोमिटर पार
सरकारी अध्ययनले बाढीको प्रारम्भिक गति असाधारण रूपमा तीव्र रहेको देखाएको छ। स्रोत क्षेत्रबाट रसुवागढीसम्मको करिब २२ किलोमिटर दूरी बाढीले लगभग सात मिनेटमा पार गरेको अनुमान गरिएको छ। यस क्रममा यसको औसत गति प्रतिघण्टा करिब १८८ किलोमिटर भने बाढीको वेग क्रमशः कम हुँदै गएको थियो। अध्ययनअनुसार रसुवागढीदेखि स्याफ्रुबेसीसम्म करिब ८३ किलोमिटर प्रतिघण्टा र स्याफ्रुबेसीदेखि बेत्रावतीसम्म करिबवघाट क्षेत्रमा बाढीको समयमा पानीको सतह अधिकतम ६.५७ मिटर पुगेको थियो। त्यहाँ प्रतिसेकेन्ड करिब ५ हजार ८५० घनमिटर पानीाढीको कुल प्रभावसमेत ठूलो रहेको देखाएको छ। करिब ३ घण्टा ५० मिनेटमा ५ करोड ७४ लाख घनमिटर पानी बगेको र त्यसमध्ये सामान्य अवस्थाको ठूलो वर्षा नभएको तथ्यले पनि यसको कारण मनसुनी वर्षा नभएको निष्कर्षलाई थप बल दिएको छ। घटनाभन्दा अघिको छ घण्टामा क्याङ्जिङ क्षेत्रमा जम्मा १.५को अवधिमा मापन गरिएको अधिकतम वर्षा ०.१४ मिलिमिटर मात्रै थियो। यति न्यून वर्षाले त्यस्तो ठूलो बाढी तथामा प्रतिवेदनले भोटेकोशी–त्रिशूलीमा आएको बाढीलाई सामान्य वर्षाजन्य बाढीभन्दा हिमक्षेत्रमा भएको आकस्मिक भू–भौतिकास्थलभन्दा माथिल्लो क्षेत्रमा दुईवटा प्राकृतिक अवरोध तालसमेत बनेका छन्। अध्ययनअनुसार एउटा ताल करिब जम्मा भएको पानीले भविष्यमा जोखिम थप बढाउन सक्ने अध्ययनले संकेत गरेको छ। प्रतिवेदनअनुसार अगस्ट २९ मा दोस्रो प्राकृतिक ताल ओभरफ्लो भएपछि भोटेकोशी–त्रिशूली नदीको पानीको सतहमा उल्लेख्य रहेको अध्ययनको निष्कर्ष छ।

रसुवागढी पार गरेपछि भने बाढीको वेग क्रमशः कम हुँदै गएको थियो। अध्ययनअनुसार रसुवागढीदेखि स्याफ्रुबेसीसम्म करिब ८३ किलोमिटर प्रतिघण्टा र स्याफ्रुबेसीदेखि बेत्रावतीसम्म करिब ६५ किलोमिटर प्रतिघण्टाको गति रहेको आकलन गरिएको छ।

देवघाट क्षेत्रमा बाढीको समयमा पानीको सतह अधिकतम ६.५७ मिटर पुगेको थियो। त्यहाँ प्रतिसेकेन्ड करिब ५ हजार ८५० घनमिटर पानीको उच्चतम बहाव मापन गरिएको प्रतिवेदनमा उल्लेख छ।

अध्ययनले बाढीको कुल प्रभावसमेत ठूलो रहेको देखाएको छ। करिब ३ घण्टा ५० मिनेटमा ५ करोड ७४ लाख घनमिटर पानी बगेको र त्यसमध्ये सामान्य अवस्थाको बहावभन्दा अतिरिक्त पानीको मात्रा करिब २ करोड घनमिटर रहेको अनुमान गरिएको छ।

वर्षाले बाढी ल्याएको दाबी कमजोर
बाढीअघि ठूलो वर्षा नभएको तथ्यले पनि यसको कारण मनसुनी वर्षा नभएको निष्कर्षलाई थप बल दिएको छ। घटनाभन्दा अघिको छ घण्टामा क्याङ्जिङ क्षेत्रमा जम्मा १.५ मिलिमिटर वर्षा रेकर्ड भएको थियो।

त्यस्तै, १० मिनेटको अवधिमा मापन गरिएको अधिकतम वर्षा ०.१४ मिलिमिटर मात्रै थियो। यति न्यून वर्षाले त्यस्तो ठूलो बाढी तथा विशाल पहिरो उत्पन्न गराउन नसक्ने अध्ययनले जनाएको छ।

यस आधारमा प्रतिवेदनले भोटेकोशी–त्रिशूलीमा आएको बाढीलाई सामान्य वर्षाजन्य बाढीभन्दा हिमक्षेत्रमा भएको आकस्मिक भू–भौतिक घटनासँग जोडेको छ।

बाढीपछि दुई नयाँ ताल
बाढीपछि घटनास्थलभन्दा माथिल्लो क्षेत्रमा दुईवटा प्राकृतिक अवरोध तालसमेत बनेका छन्। अध्ययनअनुसार एउटा ताल करिब १ लाख ६० हजार वर्गमिटर र अर्को करिब १ लाख ८० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएका छन्।

यी प्राकृतिक तालमा जम्मा भएको पानीले भविष्यमा जोखिम थप बढाउन सक्ने अध्ययनले संकेत गरेको छ। प्रतिवेदनअनुसार अगस्ट २९ मा दोस्रो प्राकृतिक ताल ओभरफ्लो भएपछि भोटेकोशी–त्रिशूली नदीको पानीको सतहमा उल्लेख्य वृद्धि भएको थियो।

यसले हिमक्षेत्रमा बनेका यस्ता प्राकृतिक जलाशयको निरन्तर निगरानी आवश्यक रहेको देखाएको छ। विशेषगरी ताल फुट्ने वा ओभरफ्लो हुने अवस्था सिर्जना भए तल्लो तटीय क्षेत्रमा पुनः आकस्मिक बाढीको जोखिम बढ्न सक्ने अध्ययनको संकेत छ।