
पोखरा । नेपालको दुग्ध उद्योगमा स्थापित लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरीले आफ्नो लोकप्रिय ब्रान्ड ‘सफल’ अन्तर्गत ‘सफल कुइजिन लाइन’ लाई प्रभावकारी रूपमा अगाडि बढाउँदै ‘सफलमै छ असली स्वाद’ भन्ने अभियानका साथ उपभोक्ताको दैनिक खानपान र विशेष परिकारलाई अझ स्वादिष्ट बनाउन सफल फ्रेस पनिर, सफल डेरी घिउ, सफल बटर, सफल नौनी र सफल क्रिममा समेट्दै कुइजिन लाइन ग्राहकसामु ल्याएको छ ।
गुणस्तरीय दुग्धजन्य सामग्रीहरूलाई एकै समूहमा उपलब्ध गराउँदै सामग्रीको छनोट र प्रयोगलाई सहज बनाउने कम्पनीको उद्देश्य छ ।
यी उत्पादनहरूको प्रयोगबाट घरमै सेलरोटी जस्ता परम्परागत नेपाली परिकारदेखि पनीर बटर मसाला जस्ता विशेष परिकार बनाउन सकिनेछ । घरको खानादेखि रेस्टुरेन्ट तथा व्यावसायिक किचेनसम्म विभिन्न परिकार तयार गर्न यी उत्पादन उपयोगी हुने कम्पनीले जनाएको छ ।
गुणस्तरीय दूधबाट उत्पादन गरिएका यी सामग्रीले परिकारको स्वाद, बनावट र समग्र पाक अनुभवलाई थप उत्कृष्ट बनाउने विश्वास कम्पनीले लिएको छ । ‘सफल कुइजिन लाइनका उत्पादनले खाना पकाउने अनुभवलाई थप सहज र स्वादिष्ट बनाउन सहयोग गर्नेछन्,’ कम्पनीको मार्केटिङ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सुजल डेरीले उत्पादनको गुणस्तर सुनिश्चित गर्न आइएसओ २२०००र२०१८ प्रमाणपत्र समेत प्राप्त गरेको छ । यसले कम्पनीको गुणस्तरप्रतिको प्रतिबद्धतालाई प्रमाणित गरेको दाबी विज्ञप्तिमा गरिएको छ ।
‘सफल कुइजिन लाइनका उत्पादनहरूको प्रयोग गरी आफ्नो खाना खाने अनुभवलाई अझ स्वादिष्ट र स्वस्थ बनाउन सकिनेछ,’ कम्पनीले भनेको छ । अहिले यी उत्पादनहरू देशभरका सुपरमार्केट, मार्ट र नजिकैका पसलहरूमा सहजै उपलब्ध रहेका छन् ।
सुजल डेरीले आफ्नो उत्पादनको पोर्टफोलियोलाई थप विस्तार गर्दै नेपाली उपभोक्ताको विश्वास र स्वादको पहिचानलाई अझ मजबुत बनाउने योजना अघि सारेको छ । सामग्रीको शुद्धता र परिकारमा ल्याउने असली स्वादले नै सफल ब्रान्डलाई बजारमा फरक पहिचान दिएको कम्पनीले जनाएको छ ।









Facebook Comments