काठमाडौं । भारतबाट ठुलो परिमाणमा आयात भइरहेको सस्तो गोलभेँडाका कारण स्वदेशी उत्पादनले बजार पाउन छाडेको र लागत मूल्य समेत नउठेकोमा किसानहरुले आज माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् ।


बिहान माइतीघर मण्डला क्षेत्रमा भेला भएका किसानहरुले उत्पादनको उचित मूल्य नपाएको भन्दै गोलभेँडा फ्याँक्दै प्रदर्शन गरेका हुन् ।

ad

उनीहरुले गोलभेडा लगायत अन्य तरकारीहरुको न्यूनतम समर्थन मूल्य तोकिनुपर्ने, कृषि विमा लागू गर्नुपर्ने, बिचौलिया हटाउनुपर्ने लगाायतको माग राखेका छन् ।