काठमाडौं । आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि एमालेले त्यसमा इमान्दारिता नदेखाएको भन्दै कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरुले सामूहिक आज राजीनामा दिएका छन् ।


राजीनामा दिनेहरुमा आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारी छन् । 

ad

आज बिहान बोलाइएको मन्त्रिपरिषद बैठकमा चारै जनाले राजीनामा पत्र मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएका थिए । हाल कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गरिरहेको छ ।