
काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना गम्भीर घाइते भएका छन् ।
बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार, दुर्घटनास्थलमा तीनजनाको मृत्यु भएको हो । त्यस्तै, दुर्घटनामा परेर पाँच जना घाइते भएको सीडीओ केशरीले बताए ।
उनका अनुसार, अहिले घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ ।









Facebook Comments