काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद श्रद्धा कुँवरले आफ्नै देशमा केही गर्छु भन्ने सपना बोकेर सहर आएको एक युवाले अन्ततः आफैँलाई आगो लगाएर ज्यान गुमाउनुपर्ने अवस्था सामान्य नभएको भन्दै गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही हुनुपर्ने बताएकी छिन् ।


सामाजिक सञ्जालमार्फत उनले गणेश नेपालीको दुःखद निधनको खबरले आफुलाई भावविह्वल र पीडाबोध गराएको उल्लेख गरेकी छन्।

ad

उनले लेखेकी छिन्–वीर अस्पतालमा उपचाररत गणेश नेपालीको दुःखद निधनको खबरले मलाई भावविह्वल र पीडाबोध गराएको छ।

म हृदयदेखि नै लज्जाबोध गरिरहेको छु। आफ्नै देशमा केही गर्छु भन्ने सपना बोकेर सहर आएको एक युवाले अन्ततः आफैँलाई आगो लगाएर ज्यान गुमाउनुपर्ने अवस्था सामान्य होइन। मानवताविहीन कानुनले कसैलाई पनि कहीं पुर्‍याउँदैन। राज्यका सबै संयन्त्र संवेदनशील, जिम्मेवार र गम्भीर बन्नुपर्छ।
यस घटनाको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस्। साथै, पीडित परिवारलाई सरकारले उचित क्षतिपूर्ति प्रदान गरोस्।
स्वर्गीय गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।