
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड–सेयरिङ चालक गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनले घटनाप्रति चिन्ता व्यक्त गर्दै राज्यले गर्ने दुर्व्वहार र प्रताडनाले आत्मदाहसम्मको घटना भएको भन्दै आक्रोश व्यक्त गरे ।
घटनाबारे अनुसन्धान भइरहेको होला र सत्यतथ्य बाहिर आउला,” उनले पत्रकारहरूसँग भने, “तर, अहिले आफूलाई बढ्ता देखाउने हिसाबमा राज्य वा राज्यका कुनै पनि निकायले काम गरेर खाने मजदुर वर्गलाई दुव्र्यवहार गर्ने खालका क्रियाकलाप गरिरहेका छन् ।
राज्यको दायित्व काम गरेर खाने जनताको पक्षमा हुनुपर्ने हो । तर, त्यसको विपरीत देखिएको छ ।”
आङ्देम्बेले गणेश नेपालीले आत्मदाह गर्ने स्थिति निम्तिनुको कारण बाहिर ल्याउन सरकारसँग माग गरेका छन्।









Facebook Comments