
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि हिजो दिउँसो पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा बीर अस्पतालमा मृत्यु भएको छ ।
मृतक नेपालीको शव पोष्टमर्टमको लागि अहिले टिचिङ अस्पताल लग्ने तयारी भइरहेको छ।
करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा मृत्यु भएको हो । भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि हिजो दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।









Facebook Comments