काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीमा आज बिहान फायर एक्सटिंग्विशर र अक्सिजन सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ।

बिहान करिब १०:२० बजे माकलबारीस्थित सडक खण्डमा बा.प्र. ०६–००१ झ ००१७ नम्बरको गाडीले बोकेको दुई वटा फायर एक्सटिंग्विशर र एउटा अक्सिजन ग्यास सिलिन्डर पड्किएको थियो । 

ad

पड्किएको सिलिण्डरले लागेर गम्भीर घाइते  बागलुङ घर भई माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापालाई  उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लग्नेक्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको छ ।