काठमाडौं । त्रिपुरेश्वस्थित राहदानी विभाग अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । विभागको ३ नम्बर गेटअगाडि ती पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती पुरुषको पहिचान खुलिसकेको छैन । घाइते पुरुषको बीर अस्पतालमा उपचार भईरहेको छ । उनले किन आत्मदाहको प्रयास गरे ? सो पनि खुलिसकेको छैन । यस घटनामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









Facebook Comments