काठमाडौं । चीनका लागि ७ जना पूर्वराजदूतले काठमाडौंमा दलाई लामाको जन्मदिन मनाएको विषयमा आपत्ति जनाउँदै यस बिषयमा सरकारको धारणा माग गरेका छन्।

चीनका लागि पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले आज संयुक्त वक्तव्य जारी गर्दै सरकारको सहमतिमा उक्त जन्मदिन मनाइएको हो भनेर प्रश्न समेत गरेका छन् । 

ad

‘यो कार्यक्रम सरकारको सहमतिमा भएको हो भने, नेपालले मित्र राष्ट्र चीनसँगको दौत्य सम्बन्धको स्थापनाकालदेखि हालसम्म कायम राखेको एक–चीन नीतिको प्रतिकूल हुन गएको छ र यसले नेपालले अवलम्बन गर्दै आएको भू–राजनीतिक सन्तुलनमा समेत प्रतिकूल असर पार्ने स्पष्ट देखिन्छ,’ वक्तव्यमा भनिएको छ । 


‘नेपालले सधैं दृढतापूर्वक एक–चीन नीति अपनाउँदै आएको, नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरूद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पर्ने कार्य नगर्ने तथा गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको, र परराष्ट्रमन्त्री शिशिर खनालको हालैको चीन भ्रमणमा समेत दोहोर्याइएको त्यो प्रतिबद्धतामा परिवर्तन आएको होरु के हामीले छिमेकीसँगको परराष्ट्र नीति बदलेका हौं ?,’ वक्तव्यमा उल्लेख छ । 

यस्ता गतिविधिले देशको स्थायित्व, विकास र स्वतन्त्रतामा समेत असर पर्ने भएकाले सतर्क र सचेत रहन अपिल गरेको छ।