
काठमाडौं । साप्ताहिक पत्रिकाहरुका सम्पादकहरुको अन्तर्राष्ट्रिय समाज नेपाल च्याप्टरको अध्यक्षमा दिपेन्द्र चौहान चयन भएका छन् ।
आज बसेको समाजको साधारणसभाले चौहानको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । जस अनुसार उपाध्यक्षमा प्रदीप काफ्ले, सदस्य सचिवमा विनय देवकोटा र सदस्यमा तुला अधिकारीलाई चयन गरेको छ भने समाजका संस्थापक एवम् निवर्तमान अध्यक्ष कविर राणालाई संरक्षकमा चयन गर्ने निर्णय गरेको हो ।
साधारणसभाले नवनिर्वाचित अध्यक्ष चौहान समाजको बेलायतको वेल्समा आगामी जुलाई १५ देखि १९ सम्म हुने साधारणसभामा सहभागी हुन जान लाग्नु भएकाले नेपाल शाखाको गतिविधि र नेपालको पत्रकारिताको स्थितिबारे प्रकाश पार्नेसम्बन्धी जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।









Facebook Comments