काठमाडौं । प्रतिनिधिसभा नियमावलीमा भएको संविधान संशोधन र विशेषाधिकारका रूपमा लागु हुने व्यवस्था गैरसंवैधानिक रहेको दाबीसहित प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । कांग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र राष्ट्रियसभाका सचेतक पदम परियारले आज रिट दायर गरेका छन् । रिट सर्वोच्चमा पेस भए पनि दर्ता भइसकेको छैन ।


गत जेठ २१ गते प्रतिनिधिसभाबाट नियमावली पारित भइसकेको छ । उक्त नियमावलीलाई छलफलका निम्ति समितिमा पठाउनुपर्ने मागलाई अस्वीकार गरिएपछि कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको हो । 

ad

नियमावलीमा दुवै सदन ९प्रतिनिधिसभा र राष्ट्रियसभा०का सदस्यहरूको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ मतको हिसाब गर्ने अधिकार सभामुखलाई दिइएको छ ।