काठमाडौं । आफूहरुको मानवअधिकार हनन् भएको भन्दै काठमाडौं उपत्यका विभिन्न स्थानबाट विस्थापित सुकुमवासीहरू उजुरी लिएर राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा आयोगका अध्यक्ष तप बहादुर मगरले यसबारेमा जानकारी दिएका हुन्। यो विषयमा पहिले पनि आयोगले सिफारिस गरेको उनले बताए ।

ad

‘सुकुमवासी हटाउन सक्छ । तर, पहिले व्यवस्थापन गर्नुपर्छ भनेर आयोगले पहिले नै सिफारिस गरिसकेको छ’, अध्यक्ष मगरले भने ।
सरकारले काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूलाई होल्डिङ सेन्टरमा राखेको थियो ।