नेपाली जनसम्पर्क समिति जापानको बहुप्रतीक्षित ७ औँ महाधिवेशन सम्पन्न भएको छ। लामो समयपछि टोकियोमा सम्पन्न भएको यस अधिवेशनमा जापानका विभिन्न क्षेत्रबाट नेपाली कांग्रेसका क्रियाशील सदस्य, शुभेच्छुक तथा लोकतान्त्रिक विचारमा आस्था राख्ने नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ को मूल आदर्शलाई आत्मसात गर्दै आयोजित महाधिवेशनको उद्घाटन सत्रलाई नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रमुख अतिथिका रूपमा भर्चुअल (जुम) विधिमार्फत सम्बोधन गर्नुभएको थियो भने केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि अजयबाबु शिवाकोटी विशेष अतिथिका रूपमा प्रत्यक्ष सहभागी भएका थिए। कार्यक्रमका वक्ताहरूले प्रवासमा संगठनलाई थप सशक्त, एकताबद्ध र प्रभावकारी बनाउँदै मूल पार्टीको नीति र विचारलाई अझ मजबुत रूपमा अघि बढाउन नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरेका थिए।

प्रतिस्पर्धा भन्दा सहमति, विभाजनभन्दा एकता र व्यक्तिभन्दा संगठनको सन्देश प्रवाह गर्दै महाधिवेशनले संगठन सुदृढीकरणलाई प्राथमिकता दिएर नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नयाँ कार्यसमितिको सभापतिमा राजेन्द्र प्रसाद जमरकट्टेल निर्वाचित भएका छन् । त्यसैगरी उपसभापतिहरूमा रामजंग कार्की (कान्तो), रेशमकुमार डंगोल (सिजोओका), डिका कार्की (फुकुओका), पोषकान्त न्यौपाने (किता कान्तो), हरि प्रसाद कँडेल (ओशाका), सुशील पौडेल (नागोया) र युवराज गुरुङ (कान्तो) चयन भए भने महिला उपसभापतिमा सावित्री लामा (सेन्दाई) र अनिता गुरुङ लामा (टोकियो) निर्वाचित भए । संगठनको महामन्त्रीमा विराट खनाल र अशोक शर्मा (गोपाल) चयन भए ।

ad

महाधिवेशनले सहमहामन्त्री पदमा रामप्रसाद बास्तोला, दीपेश खत्री, कुशल धिताल, घनश्याम कंडेल, विनोद तामाङ, प्रिन्सेस खरेल (महिला), विमान सिंह मोक्तान (समावेशी), सुरेश सापकोटा, चित्रबहादुर गुरुङ, शिवकुमार श्रीस मगर, शम्भु केसी, धीरेन्द्र बम ठकुरी (युवा), दिनेश अधिकारी, शिव पौडेल र रोशन निरौलालाई सर्वसम्मत चयन गरेको छ। समितिको कोषाध्यक्षमा यमकान्त कँडेल तथा सहकोषाध्यक्षमा सन्देश अधिकारी र महेन्द्र सुवेदी (सुमन) निर्वाचित भएका छन् भने महिला सहकोषाध्यक्षको पद भने मनोनयन गर्न बाँकी राखिएको छ।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा सागर प्रसाद कँडेल, राजेश खनाल, श्यामहरि तिम्सिना, सन्तोष ढकाल, अर्जुन सुवेदी, टिकाराम कँडेल, देवबहादुर पुन, पवित्रा देवकोटा रेग्मी (पवि), गणेशबहादुर बिष्ट, बसन्त आचार्य, भीमबहादुर घर्ती (अनुप), ईश्वरी अधिकारी, गणेशजंग रायमाझी, सन्तोषबहादुर मल्ल, भरत गुरुङ, दिनेश सापकोटा, असिम खनाल, दुर्गाप्रसाद गैरे, सुवास पाण्डे, राजन ढकाल, रेशम केसी, प्रविण कँडेल र संघर्ष सुवेदी (जेन्जी) रहेका छन्।

महाधिवेशनले नेपाली कांग्रेसको केन्द्रीय नीति निर्माण तहमा प्रतिनिधित्व गर्ने महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूको पनि चयन गरेको छ। जसअनुसार राजेन्द्र प्र. जमरकट्टेल, पदमपानी चापागाई (पिताम्बर) र रामकृष्ण बम मल्ल महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि दुवै पदमा चयन भएका छन्। यसैगरी लाल बहादुर केसी, नारायण प्र. सुवेदी, डा. बलराम श्रेष्ठ, दण्डपानी कंडेल (डीपी), भुपीगोविन्द श्रेष्ठ, रामजंग कार्की, रेशमकुमार डंगोल, सावित्री लामा, पेम्बा लामा, नवराज थापा र शम्भु केसी महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्।

यस ऐतिहासिक महाधिवेशनले जापानमा रहेका नेपाली कांग्रेसका शुभेच्छुक तथा समर्थकहरूलाई अझ सुदृढ रूपमा संगठित गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय हित र प्रवासी नेपालीहरूको साझा आवाजलाई थप प्रभावकारी रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। लामो समयको अन्तरालपछि एकताको सन्देशसहित सम्पन्न यो महाधिवेशनले नेपाली जनसम्पर्क समिति जापानको इतिहासमा एक नयाँ र ऊर्जावान् अध्यायको औपचारिक सुरुवात गरेको विश्वास सहभागीहरूले लिएका छन्।