काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले  सरकारको सुरुवाती प्रतिबद्धताले विद्यार्थीमा आशा जगाएको भएपनि १०० दिनभित्रको कार्यप्रगतिले उत्साह निराशामा परिणत जनाएको छ ।  

सरकारको १०० दिने कार्यकाल समीक्षा गर्न आज आयोजित पत्रकार सम्मेलनमा नेविसंघकी सभापति करुणा कटुवालले सरकारले १०० दिनभित्र शिक्षा क्षेत्रमा गरेका वाचा पूरा गर्न नसकेको बताईन् । उनले सरकारले परीक्षा छिटो प्रकाशित गर्ने नाममा एसइई र कक्षा १२ को परीक्षाफल प्रकाशनमा लापरबाही गरेको आरोप समेत लगाईन्। पुनः योगका लागि निवेदन दिएका १ हजार विद्यार्थीको उत्तरपुस्तिका नै नभेटिनुले राज्यको सुशासनलाई नै गिज्याएको सभापति कटुवालको भनाई थियो । 

ad


उनले सरकारले शिक्षा क्षेत्रको संरचनागत सुधार, शिक्षा क्षेत्रमा दलीय भागबण्डाको अन्त्य तथा विश्वविद्यालयको स्वायत्तता कायम गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको आरोप लगाईन् । नेविसंघले विश्वविद्यालयमा विद्यार्थी सङ्गठनमाथि लगाएको प्रतिबन्ध मौलिक हकमाथिको प्रहार भएको समेत जनाएको छ । सर्वोच्च अदालतले विद्यार्थी सङ्गठनलाई प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएपनि शिक्षामन्त्रीले अदालतको आदेश अटेर गरेको नेविसंघको आरोप छ ।
नेविसंघले सरकारको १०० दिन ‘अवसर गुमेको १०० दिनको रूपमा समेत सभापति कटुवालले बताईन् ।