काठमाडौं । केही दिन अगाडि काम नगर्ने ठेकेदाहरूको खुट्टा भाँच्ने अभिव्यक्ति दिएर आलोचित बन्न पुगेका पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

तनहुँको शुक्लागण्डकीमा हिजो आइतबार स्थानीय रास्वपाका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाटमा मन्त्री लम्सालले काम नगर्ने प्रदेशका मन्त्रीलाई पनि थुन्ने र मेयरलाई कारवाही गर्ने बताएका हुन् । 

ad

‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्। आवश्यक कारबाही गर्छौं। प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं हामी’, उनले भने ।  उनले यस्तो चेतावनी दिएको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा छ्याप्पछ्याप्ती छ ।