काठमाडौं । बैतडीको पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३९६३ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेपछि दुर्घटना भएको हो।

ad

घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले उद्धार अभियान सञ्चालन गरेको थियो। घाइते सबैलाई उपचारका लागि डडेल्धरा अस्पताल पठाउने तयारी गरिएको छ भने गम्भीर अवस्थाका दुई जनालाई प्राथमिकताका साथ उपचारका लागि रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

बस दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।