काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बेलुकी बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बेलुकी ५ बजे बैठक बस्न लागेको हो । 

बैठकमा संवैधानिक निकायको रिक्त पदहरूमा नियुक्ति सिफारिस सम्बन्धी छलफल हुने प्रमुख विपक्षी दलका नेता तथा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए । 

ad

हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई पद, राष्ट्रिय मानवअधिकार आयोगमा सदस्यको एक पद र मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद, राष्ट्रिय समावेशी आयोग अध्यक्षसहित दुई पद, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा एक पद रिक्त छ।

यस्तै थारू आयोगमा अध्यक्षसहित दुई र मधेसी आयोगमा पनि अध्यक्षसहित दुई पद, राष्ट्रिय प्रकृति सोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन पद र  महिला आयोगमा एक सदस्य पद रिक्त छ ।