
ललितपुर । महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले आज एक समारोहका बीच वडा नं ५, टिकाथलीमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेका छन् ।
सो अवसरमा प्रमुख श्रेष्ठले ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दै सामाजिक सुरक्षाका सवालमा महालक्ष्मी नगरपालिकाले थुप्रै कार्यक्रमहरू सञ्चालन गरेको जानकारी दिए । नगरपालिकाले सामाजिक सुरक्षा, बाआमा स्वास्थ्य कार्यक्रम लगायत कार्यक्रमहरु गर्दै ज्येष्ठ नागरिकहरुप्रति सम्मान प्रकट गरेको उनले स्पष्ट पारे ।
उनले ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा आफुलाई अत्यन्तै खुसी लागेको पनि बताए । महालक्ष्मी नगरपालिकाले वडास्तरमा ज्येष्ठ नागरिक, एकल महिला तथा अशक्त व्यक्तिहरूलाई सम्मान गर्ने र घरघरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । नगरपालिकाका प्रत्येक वडाले समय समयमा ज्येष्ठ नागरिकहरुलाई तीर्थाटन पनि गराउँदै आएको छ ।









Facebook Comments