काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा साउन १ गतेदेखि लागु हुने गरी डा. सुरेश आचार्य नियुक्त भएका छन् । 


उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।

ad

आचार्य यसअघि कांग्रेस प्रचार विभागका पूर्वउपप्रमुख थिए। साथै उनी राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त हुन् भने उनी नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष पनि हुन्।