
भक्तपुर । भक्तपुर जिल्लाका चारवटा स्थानीय तहमध्ये सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा हुने पहिलो पालिका बनेको छ ।
स्थानीय सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक पूरा गरेसँगै नगरपालिकाले सबैं १० वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सञ्चालन गरिरहेको छ ।
यसैक्रममा वडा नम्बर–३ र ४ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बालबालिकाको अधिकार संरक्षण, सहभागिता, सुरक्षा, स्वास्थ्य, शिक्षा तथा समग्र विकाससँग सम्बन्धित राष्ट्रिय मापदण्ड र सूचकहरू पूरा गरेपछि विशेष समारोहका बीच वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो। स्थानीय सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक पूरा गरेसँगै नगरपालिकाले सबैं १० वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सञ्चालन गरिरहेको नगर प्रमुख थापाले बताए । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान अन्तर्गत नगरपालिकाले प्रत्येक वडामा बाल सञ्जाल गठन गरी ५१ वटा सूचक पूरा गरिसकेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले सूर्यविनायक नगरपालिकाले विगत वर्षदेखि हालसम्म प्रत्येक वडालाई १० लाखका दरले एक करोड र नगरपालिकाले ७० लाख गरी कुल एक करोड ७० लाख बजेटको व्यवस्था गरी बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सुरु गरेको जानकारी दिए ।
दुवै वडामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियानमा सहयोग पुर्याउने वडा बाल सञ्जाल नगर बाल सञ्जाल, विद्यालयहरू, स्वास्थ संस्था स्वयंसेविकालाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
घोषणा समारोहमा जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्था, शिक्षक, अभिभावक, बाल क्लबका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बालमैत्री वातावरण निर्माण स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै हासिल गरेको उपलब्धि प्रेरणादायी रहेको बताए।
कार्यक्रममा बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण, सहभागिता तथा बालअधिकार सुनिश्चित गर्न वडाले सञ्चालन गरेका विभिन्न कार्यक्रम र गतिविधिबारे जानकारी गराइएको थियो।









Facebook Comments