काठमाडौं । आफ्नो मातृभूमिमा अनागारिक जस्तै बन्नु परेको पीडा बोकेर पश्चिम नवलपरासीको सुस्ताका सयौँ बासिन्दा काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा बसेका छन् ।

सुस्ताका स्थानीय बासिन्दाहरू लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै काठमाडौंमा आएर माइतीघर मण्डलामा धर्ना शुरु गरेका छन् । 

ad

नेपाल र भारतबीचको सीमा विवादका विषयमा केही समयअघि प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र त्यसलगत्तै मन्त्रीस्तरबाट आएको वक्तव्यका कारण सीमा क्षेत्रमा तनाव बढेको उनीहरुको भनाई छ । 

सीमा क्षेत्रमा नेपाली नागरिकमाथि हुने भारतीय सुरक्षाकर्मीको थिचोमिचो बन्द गराउन सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग पनि सुस्तावासीहरुको छ ।