
काठमाडौं । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा ४ जना पूर्व प्रधानमन्त्री एउटै मञ्चमा देखिएक छन् ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज राष्ट्रिय सभागृहमा कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनाल एकै मञ्चमा देखिएका हुन् ।
‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीको प्रमुख आतिथ्य पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्।









Facebook Comments