
काठमाडौं । केही दिन अगाडि राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफल त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले आज माइतीघरमा प्रदर्शन गरेका छन् ।
गत बिहीबार नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै बिद्यार्थीहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले १२ बर्षको मेहनत खेर जिम्मेवार को ? जवाफ दे, हाम्रो भविष्य बर्बाद भयो, हामी न्याय खोज्न कहाँ जाँउ ? तिम्रो हतारले हाम्रो भविष्य अन्धकार, उत्तरपुस्तिका पुनः जाँचलगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका छन् ।









Facebook Comments