
काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि निर्वाचन सम्बन्धी सूचना प्रकाशन गरेको छ।
सभामुख देवराज घिमिरेले भदौ ११ गते बुधबारका लागि सभापति चयनका लागि तोकेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा जनाइएको छ । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा भएको गडबडीले विवादित बनेपछि समितिका सभापति नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा राजीनामा दिएपछि उक्त पद रिक्त छ ।
प्रतिनिधि सभा नियमावलीमा समितिको सभापतिको पद रिक्त भएको १५ दिनभित्र रिक्त रहेको सभापति चयन गरिसक्नुपर्ने प्रावधान छ ।









Facebook Comments